चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा युवती प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा एक युवती नियन्त्रणमा लिएकाे छ । डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले युवतीलाई नियन्त्रणमा लिएकाे हाे । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रबिना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन् ।
बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागी थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रबिनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । थापाले मञ्जु ओली समेतको सहयोगमा ‘न्यायाधीशसँग सेटिङ मिलाएर छुटाउँछु’ भनेर चिनियाँ नागरिककी पत्नी कमला भुसालसँग २० लाख रकम ठगेको एसपी पंगेनीले जनाए ।
महाशाखाको टोलीले थापालाई आइतबार साँझ छाउनीबाट पक्राउ गरेको हो । ठगीमा संलग्न अर्की आरोपी मञ्जु ओली फरार छिन् ।
ठगी मुद्दामा थप अनुसन्धान र कारवाहीका लागी थापालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस