खेल
तस्बिर-एन्फा
ब्रिगेड ब्वाइज र एनआरटीले बराबरी खेले
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टीम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
आजको बराबरीसँगै ब्रिगेड ब्वाइजको दुई खेलमा चार अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई हराएको थियो भने एनआरटी मच्छिन्द्रसँग पराजित भएको थियो ।
यस्तै आजकाे दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस