गाउँ सहर

एमाले १०औं महाधिवेशन : बन्दसत्र सुरु नभएपछि देउडा खेल्दै नेता

चितवन । नेकपा एमाले १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र सुरु हुन ढिला भएपछि  महाधिवेशन प्रतिनिधिहरु देउडा खेलेर समय बिताइरहेका छन् ।

पार्टी नेतृत्वलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस भएका कारण बन्दसत्र तोकिएको समयमा सुरु हुन सकेको छैन । तर प्रतिनिधिहरु बैठकस्थल पुगिसकेकाले उनीहरुले देउडा खेलेर समय बिताइरहेका छन् ।  

गाउँ सहर संवाददाता