गाउँ सहर

अगुल्टाकाे कुटपिटले एक जनाकाे मृत्यु

बझाङ । अगुल्टाकाे कुटपिटले एकजनाकाे मृत्यु भएकाे छ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको हाे । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकाअापसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेकाे जनाइएको छ ।

घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताएका छन् ।

गाउँ सहर संवाददाता