प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन् : अध्यक्ष ओली
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १६:०९:०० मा प्रकाशित

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।
१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरेका छन् ।
ओलीले भने–‘अहिलेको सकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन । प्रधानमन्त्री ज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्री ज्यूलाई काम गर्न गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यस कारण उहाँलाई पनि गाह्रो छ कि ?’
उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए । ओलीले अब आफ्नो पार्टी प्रवेशको महाअभियान चलाउने बताए ।
प्रधानमन्त्री देउवाकै अघि आगामी चुनावबाट एमालेको सरकार बन्ने उद्घोगा गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो, त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’
आजको कार्यक्रममै लाखौं मानिसहरु पार्टी प्रवेश गर्न चाहेको भन्दै उनले यस मन्च उपयुक्त नभएको बताए । अबबाट नियमित रुपमा हजारौं मानिसहरु एमालेमा प्रवेश गर्ने भन्दै उनले फागुन महिनासम्म पार्टी प्रवेश महाअभियान चल्ने बताए ।
उनले अबको स्थानीय तह निर्वाचनमा ५० प्रतिशत भन्दा धेरै ठाँउमा जित्ने भन्दै उनले अब एमाले चुनावको तयारीमा लाग्ने बताए ।
उनले अब माओवादीलाई समेत हसिया हथौडा चिन्ह छोड्न आग्रह गरे । वामपन्थी सरकार ढलाएर दक्षिणपन्थी सरकार बनाउनेले सो चुनाव चिन्ह लिन नहुने उनको भनाई छ ।
‘नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झण्डा बोकेका छौं । देश, जनता, लोकतन्त्र, विकास, सामाजिक न्याय र समानताका लागि सूर्य चिन्ह समर्पित छ ',उनले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस