राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन, महासचिवमा राणाको उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १३:२१:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।
‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेराे जित निश्चित छ’ लिङ्देनले भने ।
सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ। अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए ।
उनले भने, ‘कांग्रेस, एमालेलाई असफल हुने सुविधा छ। कम्युनिष्टहरू आफू मात्रै असफल भएका छैनन्। मुलुकलाई नै असफल बनाएका छन्। अरु ठुला पार्टी असफल भएको बेलामा हामी सफल हुनुपर्छ। राप्रपा असफलताले देशको एजेण्डा नै असफल हुन्छ।’
राप्रपाको आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय लिङ्देन राणाले अध्यक्ष र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ ।
.jpg)
राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
लिङ्देन राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का संस्थापक अध्यक्ष पनि हुन् । राणा एमालेको राजनीतिबाट उदाएका युवा नेता हुन् । राणा २०५४ मा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाका मेयर थिए । राजतन्त्रविरुद्ध एमालेसहितका दलहरू एकजुट भएपछि राणा पार्टी परित्याग गरी राप्रपामा लागेका हुन् । पछिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाले देशभर नराम्ररी पराजय व्यहोरेका बेला नेपालगन्ज उपमहानगरको मेयरमा राणा निर्वाचित भएका थिए ।
.jpg)
पार्टीले कांग्रेससँग तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका बेला लिङ्देन एमाले–माओवादी गठबन्धनसँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । झापामा अरू निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गरेर लिङ्देनले क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।
काठमाडौंमा मंसिर १५–१७ मा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि छनोट भइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस