गाउँ सहर

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तेह्रथुम । प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाइ पक्राउ गरेकाे छ ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता