खेल
'ए' डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | ०९:२०:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज सोमबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
मछिन्द्र र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस