गाउँ सहर

राप्रपा केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया आजदेखि शुरू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे मंसिर १५-१७ गतेका लागि तय भएको केन्द्रिय अधिवेशनको लागि प्रदेशशभा अन्तरगत सक्रिय सदस्यको आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया आजबाट शुरु भएको छ । यो प्रक्रिया मंसिर ८ गतेसम्म रहनेछ । 

राप्रपा पार्टीका अध्यक्ष त्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले महाधिवेशन को १५ गते संयुक्त उदघाटन गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी करिब चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले भाग लिने छन् ।

भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने प्रचार विभागका सदस्य जनकराज पाठकले बताए

महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशबाटसमेत नेपाल आउने छन् । 

उनका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने प्रतिनिधि बाहेक अन्य सबै महाधिवेशन प्रतिनिधिको टुंगो ८ गतेसम्म लागिसक्ने छ ।

अध्यक्षत्रयले कुल प्रतिनिधिको ५५ सदस्य महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछन् ।

पाठकका अनुसार महाधिवेशनमा सहभागी हुने ७ सय ५३ गाउँपालिकाका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।

सक्रिय सदस्यको मतदान मार्फत प्रत्येक प्रदेशशभा स्तरबाट चयन हुने ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ६ बाट सुरु भयको प्रक्रिया ८ गते टुंगिने छ ।

'शुरु प्रक्रियाले ३ सय ३० प्रदेशबाट ९-९ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ' पाठकले भने ।

पाठकका अनुसार प्रतेक प्रदेशशभाबाट खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक नौ जना प्रतिनिधि चयन हुनेछन् भने तोकिएको सक्रिय सदस्यता भन्दा बराबर थप गरेको स्थानबाट क्रमश एक एक थपिँदै जानेछन् ।

राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ५ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने पाठकले जानकारी दिए ।

राजसंस्था सहितको हिन्दूराष्ट्रको पक्षमा देखियको राप्रपाको नेतृत्वमा भने यसपालि निकै रस्साकस्सी देखिन्छ । नेतृत्वको कारण पटक-पटक फुटदै आयको राप्रपामा यसपटक पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाको अलावा राजेन्द्र लिङ्देल, धवल शमशेर राणाले समेत प्रतिस्पर्धा गर्ने चर्चा छ ।

दुई दल एकीकरणपछि हुन लागेको एकता महाधिवेशन भएको कारण नेतृत्व सर्वसम्मत होस् भन्ने आम कार्यकर्ताको आसय रहेको यद्यपी यसो हुन नसके प्रजातान्त्रिक प्रक्रिया रहेको प्रचार समितिका सदस्य जनकराज पाठकले बताए ।

सबैको चाहानालाई स्वभाविक रुपमा लिनुपर्छ विगत र वर्तमान र भविष्यको बारेमा राप्रपालाई केलाउदै यसले लिएको मूल लक्ष्य प्राप्तिको लागि योग्य, इमानदार र निष्कलंकित व्यक्तिलाई कार्यकर्ताले नेता चयन गर्ने र अबको दिनमा राप्रपा कदापि नफुट्ने पनि पाठक दाबी गर्छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत