गाउँ सहर

भरुवा बन्दुक सहित एकजना पक्राउ

धनकुटा । प्रहरीले एकनाले भरुवा बन्दुक सहित एकजनालाइ पक्राउ गरेकाे छ । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

गाउँ सहर संवाददाता