गाउँ सहर
गृहमन्त्री राजीनामा देऊ : कानुन व्यवसायी
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | १२:३०:०० मा प्रकाशित
काठमाडाैं । कानुन व्यवसायीहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीले गृह मन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका हुन् ।
शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च परिसरभित्रै दंगा प्रहरी परिचालन गरेको भन्दै गृह प्रशासनदेखि रुष्ट हुँदै आएको कानुन व्यवसायीहरूले गृहमन्त्रीको राजीनामा मागेको हो । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका थिए ।
गत बिहीबार प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस