गाउँ सहर

शुक्रबार २९६ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएकाे छ ।

 

 

 

 

गाउँ सहर संवाददाता