बिहीबार नेप्सेमा दाेहाेराे अंककाे गिरावट, ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १६:२१:०० मा प्रकाशित

काठमाडाैं । बिहिबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज ३२.३९ अंकले घटेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा राेकिएकाे हो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४९५.३० रुपैयाँ पुगेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य पनि बढेर प्रतिकित्ता ६४३.१० रुपैयाँ पुगेको छ ।
आजकाे दिन मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ६० करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस