सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरेका छन् । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।
अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताएका छन् । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसकाे तालमेल नहुने उनकाे भनाइ थियाे । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाकाे दाबी छ ।
कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस