गाउँ सहर
आगलागीबाट मुगुको गमगढी बजारका २१ घर जलेर नष्ट, न दमकल न पानी (तस्बिरहरू)
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | ०७:२९:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।
गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले आगो फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको बताए ।
रातको समयमा आगो लाग्यो । साँघुरो बाटो, जोडिएका घर । दमकल छैन, पानीको अभाव । रातभर जलेका घर हेर्नु र रोइकराइ गर्नु पीडितको बाध्यता बन्यो ।
आगलागी भएको बजारमा माथि पानी नै पानीको खानी रहेको रारा ताल छ, तल कर्णाली नदी बगेको छ, तर जलेका घर निभाउन पानी भएन ।
महतकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ । आगलागीमा मानवीय क्षति भएको छैन ।
क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
तस्बिर- उमा मल्ल/हंश मल्ल

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस