अर्थतन्त्र

नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन हेर्नुभयाे, असहजता टर्ला ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ र सो पश्चात २०७८ कात्तिक २८ सम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको बताएकाे छ ।

उसले साेमबार सूचना जारी गर्दै परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको बताएकाे हाे ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

यसले बैंक तथा वित्तीय क्षेत्रमा देखिएकाे तरलता अभाव र असहजता थाेरै हदसम्म सहज हुने जानकारहरू बताउँछन् ।

परिमार्जित परिपत्र/निर्देशन

गाउँ सहर संवाददाता