गाउँ सहर

जिप दुर्घटनामा तीन जनाकाे मृत्यु

काठमाडौँ । रोल्पामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमा मृत्यु भएको प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

यस्तै घटनामा घाइते भएकाहरूको उपचारका लागि अस्पताल लगिएको  प्रहरीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता