सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल, पाँच जना पक्राउ
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | ११:००:०० मा प्रकाशित

काठमाडाैं । सर्वोच्च परिसरभित्र कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । सर्वोच्चभित्र कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्न थालेपछि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकोे राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायी सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो । तत्काल इजलास सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च गेटबाहिर नाराबाजी गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन् ।
जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो ।
नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस