पार्टीनिकट पत्रकारहरुलाई जाँड–रक्सी नखान माधव नेपालकाे निर्देशन
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | १५:१५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरुलाई जाँड–रक्सी नखान निर्देशन दिएका छन् ।
पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले जाडँरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पत्रकारहरुलाई आग्रह गरे ।
भेलालाई सम्बोधन गर्दै उनले भने, “तपाईंहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटेल गएर नखाई निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन । तपाईंको स्वास्थ्यलाई पनि खराब गर्छ । म सझुाव दिन चाहन्छु– रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयू घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नु हुन्छ तपाईं ?,” अध्यक्ष नेपालले भने, “तपाईंको पैसाको दूरुपयोग हुन्छ । घर कलह सुरु हुन्छ । त्यसपछि तपाईंको खराब बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन ।”
‘हामीसँग जोडिएका मिडिया कमरेडहरु राम्रो आचरण लिनुहोस, यो सुन्नु नपरोस, अस्ति म सर्लाही गएको थिएँ, मैले पार्टीका नेताहरुलाई भनेको थिएँ, मैले सूचना पाउने गरेको छु कि साँझ पर्न पाएको छैन, गमी महिनामा साँढे ७ बजे, जाडो महिनामा साँढे ५ बजे, अध्याँरो हुन पाएको छैन त्यसपछि होटलका कोठाहरु भरिभराउ हुन थाल्छन रे, अनि त्यहाँका पोखरीमा बोतल नै बोलतहरु देखिन्छन् रे, त्यसपछि त्यहाँ गिलास ठोकाठोक भैरहेको हुन्छ रे, अनि गरमागर्मी चर्काचर्की हुन्छ अरे, अनि फलानो गएर झगडा गरेर समस्या खडा गरिदिन्छ रे, यी पार्टीका नेताहरु को होलान म एउटा फोटा खिच्न चाहन्छु भनेर मलाई फोटो दिनुहोला भनेर मैले गोप्य रुपमा भनेको थिएँ, भागाभाग भएछ त्यहाँ ।’
उनले मिडियाकर्मीहरुको यस्तो बानी त पक्कै छैन होला भनेर विश्वास दिलाए ।
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस