स्वास्थ्य
देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १६:५३:०० मा प्रकाशित
काठमाडौं । नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर परीक्षणका क्रममा ३५५ जना र एक हजार ९३२ एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै, थप ३८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ४४८ जना निको भएका छन् ।
हाल नेपालमा ७ हजार ४ सय ९८ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस