वातावरण

शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली, चिसाे झनै बढ्याे

काठमाडाैँ । आज २०७८ कार्तिक २७ गते (शनिबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

तर वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता