माओवादी केन्द्रीय समितिको बैठक बस्ने तयारी, यी एजेन्डामा हुँदैछ छलफल
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १२:४५:०० मा प्रकाशित
काठमाडाैं । आज माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको जनाइएकाे छ ।
बेलुका ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताएका छन् । राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुने उनले बताए ।
बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने पोखरेलको भनाइ छ । पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ ।
संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य दिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागेको उनले बताए । माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस