माओवादी केन्द्रीय समितिको बैठक बस्ने तयारी, यी एजेन्डामा हुँदैछ छलफल
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १२:४५:०० मा प्रकाशित

काठमाडाैं । आज माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । अधिकांश नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्न लागेको जनाइएकाे छ ।
बेलुका ६ बजे बस्ने तयारी गरिएको बैठक आसन्न राष्ट्रिय सम्मेनदका विषयमा केन्द्रित रहने स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताएका छन् । राष्ट्रिय सम्मेलनको तयारीका विषयमा केन्द्रित रहने बैठकमा वडा, पालिका तथा जिल्ला सम्मेनलका विषयमा समेत छलफल हुने उनले बताए ।
बैठकमा संगठित सदस्यता नवीकरणको म्याद थप्ने विषयमा समेत छलफल हुने पोखरेलको भनाइ छ । पार्टीको सदस्यता नवीकरणको म्याद आज सकिँदै छ ।
संगठित सदस्य ७ लाखभन्दा बढी पुर्याउने लक्ष्य दिएको पार्टीले नवीकरणमा उत्साहजनक सहभागिता देखिएकाले समय थप गर्ने विषयमा छलफल गर्न लागेको उनले बताए । माओवादीले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
बैठकमा पार्टीको वर्तमान अवस्था तथा भावी रणनीतिबारे समेत छलफल हुने बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस