राजनीति
तीन जना प्रदेश प्रमुखहरूले लिए सपथ
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १६:४३:०० मा प्रकाशित

काठमाडाैं । नवनियुक्त तीन जना प्रदेश प्रमुखहरूले सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज प्रदेश नम्बर १, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई सपथ खुवाएकी हुन् ।
सरकारले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो ।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र कर्णालीमा गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस