राजनीति
तीन जना प्रदेश प्रमुखहरूले लिए सपथ
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडाैं । नवनियुक्त तीन जना प्रदेश प्रमुखहरूले सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज प्रदेश नम्बर १, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई सपथ खुवाएकी हुन् ।
सरकारले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो ।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र कर्णालीमा गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस