गाउँ सहर

पूर्वराजा ज्ञानेन्द्र शाहबाट भाइटीका ग्रहण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भएपनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन् ।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

गाउँ सहर संवाददाता