एनआईसी एशिया बैंकका ग्राहकले एटिएमबाट कार्डबिनै रकम झिक्न सक्ने
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | २०:३५:०० मा प्रकाशित

काठमाडाैं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधा ल्याएको छ ।
यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।
बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको एप प्रयोगकर्ताले एप भित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन वा फिन्गरप्रिन्ट राखेर भेरिभाई गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिभी प्राप्त हुनेछ ।
ग्राहकले आफुलाई प्राप्त सोह ओटिभी एटिएमको स्क्रीनमा रहेको कार्डलेस ट्रान्सजेक्स्न भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस