मुख्यमन्त्री राजेन्द्र राईले लिए पद तथा गोपनीयताको शपथ, मन्त्रिपरिषद पनि विस्तार
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | १६:४५:०० मा प्रकाशित
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । उनले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।
नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मामिला मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।
एमाले नेता भीमप्रसाद आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई ४९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री नियुक्त भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस