मुख्यमन्त्री राजेन्द्र राईले लिए पद तथा गोपनीयताको शपथ, मन्त्रिपरिषद पनि विस्तार
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | १६:४५:०० मा प्रकाशित

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । उनले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।
नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मामिला मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।
एमाले नेता भीमप्रसाद आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई ४९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री नियुक्त भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस