दृष्‍टिकोण

तिहारको रमझममा कोरोनाको जोखिम नभुलाैँ, आफूपनि बचौँ अरुलाई पनि बचाऔँ

  • अनुशा थापा
  • १६ कार्तिक मंगलबार, २०७८ | १४:१८:०० मा प्रकाशित

नेपालीहरुको दोस्रो महान चाड तिहार ढोकैमा छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मन उमङ्गित पार्दछ । दिदीबहिनीहरु दाजुभाइलाई टीका लगाउन जान्छन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई उनीहरुको हैसियत अनुसार उपहार दिने गर्दछन् ।

दिदीबहिनी र दाजुभाइको लागि यो महत्वपूर्ण चाड हो । साथै, वर्षदिनभरि खेतबारी जोतेको गोरुलाई पूजा गरिन्छ । गाईलाई पनि लक्ष्मीको रुपमा पूजाआजा गरिन्छ । त्यसको साथसाथै काग र कुकुरलाई पनि निकै महत्व दिइन्छ । तिहारको बेला धर्मकर्ममा विश्वास राख्ने मानव जाति अरु बेला के गर्छौँ !

अघिपिच्छे खाना खान दिँदैनौं हामी कुकुरलाई । आखिरी तिहारमा चाहि हामी त्यही कुकुरलाई खोजीखोजी पूजा गर्ने गर्छौँ । सडकमा कति सवारी साधनले गाडी किचेको देखिन्छ । कुकुरलाई मानिसहरुले कुट्ने, धपाउने जस्ता निच कार्यहरु गर्दछन् ।

एकदिनको लागि कुकुरलाई अन्न र पानी दिँदैमा धर्म हुन्छ होला ? एउटा माला र एउटा बिस्कुट दिएर कुकुरसंग फोटो खिच्न भ्याउछन् हाम्रो समाजका प्रतिष्ठत व्यक्तिका टोलीहरु । अरुबेला जनावरसंग फोटो खिच्न लाज लाग्ने, जनावरलाई घृणा गर्नेहरु त्यसदिन कुकुरसंग फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन् ।

बाटोमा शान्तसंग हिँडिरहेको जनावरलाई पहिले हामी आफैँ चलाउँछौ, जिस्काउँछौँ । गाईलाई हामी मानव जातिले गर्ने व्यवहार पनि त्यस्तै छ । गाईले दूध दिउञ्जेल हामी गाई पाल्छौँ । त्यसबाट लिनुपर्ने फाइदा लिन्छौँ । जब गाई बुढो हुन्छ, दुध दिन्छ छाड्छ अनि सडकमा लगेर मर्नको लागि छोडिदिन्छौँ ।

तर, गाई पूजाको दिन गाईको खोजीखोजी पूजा गर्छौँ । गाईसंग पनि नाटक देखाउँदै फोटो खिच्ने प्रथा त कायमै नै छ । पहाड र तराईमा अझैपनि गोरुले खेतबारी जोत्ने गरिन्छ ।  त्यही गोरुले जोतेर उत्पादन भएको खानेकुराहरुले छाक टार्छौँ ।

गाईगोरु, कुकुर जस्ता प्राणीहरुको कारण हामी मानवहरुको प्राण जोगिरहेको छ । हामीलाई कसैले पिट्दा कति दुख्छ । कसैले करायो भने कति मन पाल्छ । अन्य जीवजन्तुलाई पनि त्यस्तै नै हो । कुट्ने, हेला गर्ने त हामी नेपालीहरुको स्वभाव नै हो ।

अघिपछि खाना खाइनसकेर कति खाना फोहोरमा लगेर फ्यालिन्छ । तर त्यही खाना भोका जीवजन्तुलाई दिन नेपालीहरुलाई लाज लाग्छ । कागलाई त हामी पानीसमेत दिँदैनौँ । तर एकदिनको निमित्त नाटक गर्दे माला लगाइदिने र खाना खुवाउने काम हामीबाट हुन्छ ।

अझै कतिको त जनावरलाई देख्दै रगत तातेर पनि आउँदो हो । जनावलाई बिनाकाम गाली गर्ने पनि नेपालीहरुले नगरेको भने होइनन्  । अधिकांश नेपालीहरुको बानी जुन दिन आवश्यक पर्छ त्यही दिन मात्र खोज्छौ । अरुबेला त्यसको केही मतलब लाग्दैन् ।

मानव प्राणीलाई सबैभन्दा बुद्धिजीवी प्राणीका रुपमा समेत चिनिन्छ । तर मानिसभन्दा लोभी र स्वार्थी सायदै कुनै अरु जीव छन् होला । यो त प्राणीलाई लिएर गरिएको एउटा टिप्पणी मात्र भयो । तिहार भनेकै विशेष दाजुभाइ र दिदीबहिनीको चाडपर्व हो ।

यसमा पनि कतिपय दिदीबहिनी र दाजुभाइलाई निकै समस्या पर्ने गरेको छ  । कतिको दाजुभाइ छैनन् त कतिको दिदीबहिनी । जसको कारण कति दाजुभाइ आफ्नो निधार खाली राख्न बाध्य छन्  । तिहारमा देउसी र भैलो निकै विशेष रितिरिवाज हो ।

देउसीभैलो प्रायःजसो सबैले खेल्छन् ।  बालबच्चा र भुरो मात्र नभई बुढोले समेत देउसीभैलो खेलेर रमाइलो गर्ने गरेका छन्  । तर अहिले पछाडिको समयमा केही वर्ष अघि  देखि विभिन्न कलाकारहरुले राजनीतिक दलको सड्गठन क्लबहरुले दैउसी भैलोलाई आफनो एउटा कमाउने भाँडो बनाएका छन् ।

यसले गर्दा बिकृति फैलिरहेको छ । दैउसी भैलो खेल्न आउने मानिसहरु गाडि रिजर्भ गरेर आउने जाँड-रक्सी खाएर आउने जसले गर्दा उनीहरुलाई पैसा धेरै दिनुपर्ने । देउसीभैलो पैसाको लागि खेल्ने हो र ? पहिलेपहिलेको मान्यता नै बेग्लै थियो ।

सबैले रमाइलो र आपसी सद्भावलाई मान्यतामा राखेर चाडपर्व मनाउँथे  । देउसीभैलो  खेल्छन् तर मुखले भट्टाएर होइन् म्युजिक सिस्टम घन्काएर । यसले गर्दा टोलछिमेकमा बस्नेलाई निकै डिस्टर्ब हुन्छ । चाडपर्वको नाममा बेथिति मात्रै फैलिएका छन् ।

तिहारको समयमा महँगीसमेत निकै बढेको सामान किन्न गएका सर्वसाधारणहरुको भनाइ छ । तर, अनुगमनतिर खासै चासो दिइएको पाइँदैन् । फलफुल, मिठाइ, माला, भाइटीकाको लागि आवश्यक सामग्रीहरु छोइनसक्नु भएका छन् । महँगी बढेको बढ्यै छ तर तलब बढदैन् ।

दाजुभाइले पनि टीका लगाइपछि राम्रो उपहार दिन सक्दैन् । त्यसैले कतिले त टीका लगाउन छोडिसकेको छन्  । टीका पनि पैसाको लागि मात्र लाउने हो जस्तो भइरहेको छ । टीका लगाएर पैसा कमाउने हो भने यो चाडपर्व नभई व्यापार गर्ने एउटा थलो हो ।

नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले चाडबाडको समय हुने आपराधिक घटनालाई ध्यानमा राखेर कुनै पनि योजना बनाएको छैन् । जाँडरक्सी खाएर होहल्ला गर्ने, कौडा खेल्ने, मदिरा सेवन गरेर वारी साधन चलाउने जस्ता कार्यहरु बढ्ने गर्दछन् ।

अहिले त जाँडरक्सी खाएर देउसीभैलोसमेत खेल्ने गरेको पाइन्छ । देउसीभैलो खेल्न आएकाहरुलाई कम पैसा दिएमा झैझगडा गर्छन् । चाडबाडको बेलामा अधिकांश सवारी साधनका घटनाहरु बढिरहेको देख्न र सुन्नमा आएको छन् । व्यापारीहरुले पनि चाडबाडको मौका छोपेर ग्रहक ठग्नुसम्म ठग्छन् ।

यातायात व्यवसायीहरुले पनि मनलाग्दी भाडा उठाएका छन् । यता, ट्याक्सी पनि मिटरमा हिँड्न मान्दैन । सार्वजनिक यातायातले सिटभन्दा बढी यात्रु हाल्ने गर्दछन् । चाडबाडको बेला उनीहरुको व्यापार झनै फस्टाउँदो छ । मान्छे मरे पनि यातायात व्यवसायीहरुलाई कुनै फरक पर्दैन् ।

दुर्घटना, जुवा, कौडा जस्ता बेथितिलाई नियन्त्रणमा लिन नेपाल सरकार वा ७७ वटै जिल्लाका प्रमुख अधिकारीहरुले ध्यान पु-याएका छैनन् । यसलाई कसरी न्यूनीकरण गर्नेतर्फ कसैको ध्यान गएको छैन् । उपत्यकाका मान्छेहरु तिहार मान्नको लागि आफ्नो कोठा ताल्चा लगाएर घर गएका छन्  ।

घर सुनसान भएको बेला चोरहरु सजिलै भित्र पस्न सक्छन् । यसको लागि पनि सरकारले विशेष कार्ययोजना बनाउन जरुरी देखिएको छ । उपत्यका बजारहरु पुरै ढाकिएका छन् । मान्छेको भीड छिचोल्न हम्मेहम्मे छ । सामान खरिद गर्ने देखिलिएर बिक्री गर्नेले समेत स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । यसबाट कोरोना फैलने सक्ने जोखिम बढेको छ ।

तिहार मनाउने नाममा कोही पनि संक्रमित हुन नपारेस् । कसैको घरमा रुवाबासी नचलोस् । यसका लागि हामी आफैँ सतर्क हुन जरुरी छ ।

तपाईँको मत