एनआईसी एशिया बैंकले रू. १ अर्ब १८ करोड ६ लाख कमायाे
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | ११:२८:०० मा प्रकाशित
काठमाडौँ । एनआईसी एशिया बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब २ करोड १० लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. १ अर्ब १८ करोड ६ लाख नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४० प्रतिशत र सञ्चालन नाफा १४ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. २२ करोड ४५ लाख २६ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ अर्ब २४ करोड ८० लाख ७० हजार र रिटेण्ड अर्निङमा रू. २ अर्ब १४ करोड ८० लाख २९ हजार सञ्चित गरेको छ ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ६५,मूल्य आम्दानी अनुपात २१ दशमलव ४१ गुणा,तरलता अनुपात २० दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८९ दशमलव ९ रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस