शेयरबजारमा हरियाली, ५५ अंकले बढेकाे नेप्सेमा काराेबार रकमकाे पनि साथ
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १५:१३:०० मा प्रकाशित

काठमाडाैँ । साताकाे पहिलाे दिन नेप्से परिसूचक हरियालाी देखिएकाे छ । दशैंपछि लगातार बढेकाे शेयर आज पनि बढेकाे छ ।
यसदिन नेप्से ५५.५० अंकले बढेर २८३७ अंकमा पुगेकाे छ ।
त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस उर्जा लिमिटेड, रैराङ हाइड्रोपावर कमपनी, कामना सेवा विकास बैंक, सानिमामाई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज एभरेस्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आज ३१ भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस