लुम्बिनीमा जनमुक्तिको बृहत् आम सभा, विभिन्न पार्टी परित्याग गरी दर्जनौँ प्रबेश
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | ०८:२८:०० मा प्रकाशित
बुटवल । राष्ट्रिय जनमुक्ती पार्टीले रुपन्देहीको लुम्बिनीमा बृहत् आम सभा सम्पन्न गरेको छ । ‘पुर्ण संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, भ्रष्टचार मुक्त, समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारा सहित जनमुक्ति पार्टीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगर नगरपालिका वडा नं.२ मजुहानामा बृहत् आम सभा सम्पन्न गरेको हो ।
राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापाको अध्यक्षता र पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशब सूर्यबंशी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न आम सभालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय उपाध्यक्ष डा.हाजि मोहम्मद हसनले अधिकार बिहिन आदीबासी जनजाती,मधेसी,मुस्लिम र उत्पिडित समुदायलाई एकल जातीय राज्यसत्ताले अधिकार र पहुंचको लोभ देखाउदै सधै पछाडी पारेको आरोप लगाए ।
अधिकारबिहिन जनताको अधिकारका लागि बन्दुक उठाउन समेत तयार रहेको बताउदै उपाध्यक्ष हसनले दिनहुँ देशको सिमाना मिचिँदै जाँदा समेत ठूला दलहरु सत्ताका लागि भारतीय शासकका सामु नतमस्तक भएको आरोप समेत लगाए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव मोजिब अलिले सत्ताको मसिहा ठान्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रले आदीबासी जनजाति, मधेसी, मुस्लिम र उत्पीडित समुदायलाई राज्यका हरेक क्षेत्रमा पछाडि पार्दै आएको बताउँदै उनिहरुका हक अधिकार सुनिश्चितताका लागि राष्ट्रिय जनमुक्ती पार्टी एक मात्र विकल्प भएको दाबी गरे ।
राष्ट्रिय जनमुक्ती पार्टी लुम्बिनी थरुहट मगरात प्रदेशका अध्यक्ष झम बहादुर गुरुङले नेपालका पुराना र ठूला दलहरुबाट आदीबासी जनजाती, मधेसी, मुस्लिम र उत्पीडित समुदायको उत्थान हुन नसक्ने भन्दै अधिकार प्राप्तिका लागि गाउँ गाउँमा राष्ट्रिय जनमुक्ती पार्टीको संगठन निर्माण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि स्थानीय राधेश्याम बानिया, बिरेन्द्र कुमार शुक्ला, वाल्मीकि पाण्डे, राजेश लोध सहित ५० जना जनमुक्ती पार्टीमा प्रबेश गरेका थिए ।
आमसभामा पार्टीका केन्द्रीय सदस्य मोहम्मद अन्सारी, पार्टीका क्षेत्र नं.४ का अध्यक्ष सुदर्शन यादब, नवप्रबेशी बिरेन्द्र कुमार शुक्ला, राधेश्याम लोध, राजेश लोध लगायतले आदिबासी जनजाती, दलित, मुस्लिम तथा पिछडिएकाहरुको आशाको केन्द्र भनेकै जनमुक्ती पार्टी भएको महसुस गरेर आफुहरु सो पार्टीमा प्रवेश गरेको बताए ।
उनिहरुले देशका हरेक कुनाकाप्चा सम्म पार्टीको संगठन विस्तार गरेर देशकै बैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा बताउँदै त्यसका लागि आफूहरु प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस