एमाले छाडेर रामेछापका दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शनिबार, २०७८ | १९:५५:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । रामेछापका नेकपा एमालेका दर्जन युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिवार कांग्रेस पार्टी जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) काे निवासमा नेकपा एमालेका कार्यकर्ताहरूलाई नेपाली कांग्रेसको सदस्यता दिएर सभापति तामाङले पार्टीमा भित्र्याएका हुन् ।
मन्थली नगरपालिका वडा नं- ८, चिसापानीका एक दर्जन कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका उनीहरूलाई सभापति तामाङले खादा र रामेछाप प्रदेश 'ख' का उम्मेद्वार तथा प्रदेश प्रतिनिधि जितबहादुर मगरले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
वडा सभापति ओम पुरीकाे समन्वयमा काले दमाइ, सुमन भुषाल, रमेश भुषाल, राजु भुषाल, रविन्द्र भुषाल, राेशन भुषाल, सिताराम रम्तेल, ज्ञानबहादुर रम्तेल, एकबहादुर रम्तेल, अर्जुन भुषाल, कृतिकपुर भुषाल, खेम राेका र भाेला भुषाल नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै सभापति तामाङले पार्टी सभापतिले कसैलाई भेदभाव नगरि उपयुक्त जिम्मेवारी दिने र पार्टीमा सबैलाई समेटर अघि बढ्ने बताए । साथै जनताका जनजिवीकादेखि विकासनिर्माण तथा सामाजिक सेवामा अझ बढि सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश प्रतिनिधि जितबहादुर मगरले नवप्रवेशीकाले कांग्रेसकमा प्रवेश गरेकाले नयाँ अनुभव नगर्न र पार्टीहित र जनताप्रति उत्तरदायी भई पार्टी संगठनमा लाग्न र पार्टीका सांगठानिक र वैचारिक कुराहरू विस्तारै सिकाउँदै लैजाने बताए ।
इकाइ सभापति ओम पुरीले संगठन बलियाे बनाउन स्थानीय तहमा पूर्णरूपमा लागि पर्ने बताउँदै पार्टीकाे लागि सबैले सहकार्य र सहयाेगात्मक रूपमा एकजुट भएर लाग्नुपर्ने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्राप्त प्रतिक्रिया
सत्य र ईमान नेपली काँग्रेसमा स्थापना गर्न र टिकट लिंदा दाम चढाएर मतपत्र लिंदा मासु रमदिरा खुवाएर जितेर पदमा पुगेपछि राजस्व खाने कमिशन खाने परि पार्टीलाई अन्त गर्दै देशमा शान्ति र विकाशकालागी काँग्रेस निर्माण हाेस शुभकामना सवैलाई ।
प्रतिकृया दिनुहोस