नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | १६:००:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरेकाे छ ।
नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरे ।
नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।
आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रीमियम समय र सहजतालाई ध्यान दिइ इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए । तर जब इसेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा सर्पाइज भएको जनाएका थिए । दाहालले अगाडी थपे- आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ भने यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ ।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस