सामान्य अंकले बढेकाे शेयरबजारमा काराेबार रकम घट्याे
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | १५:२९:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने काराेबार रकम घटेकाे छ ।
नेप्से आज १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
२२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनरकाे मूल्यमा सर्किट लागेकाे छ ।
एभरेस्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँको सेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस