ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा र सर्वाधिक ५.७५% ब्याजदर
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १९:३३:०० मा प्रकाशित
काठमाडाैँ। ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,नि:शुल्क डिम्याट र नि:शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ।
बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा र नि:शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।
साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको छ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस