ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा र सर्वाधिक ५.७५% ब्याजदर
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १९:३३:०० मा प्रकाशित

काठमाडाैँ। ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,नि:शुल्क डिम्याट र नि:शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ।
बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा र नि:शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।
साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको छ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस