आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | १३:४८:०० मा प्रकाशित
काठमाडौँ । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् ।
पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा विहीबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेशले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरिएकाे थियाे ।
विजेताहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरू वा निजको सिफारिसमा उनीहरूका निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्नेछ ।
यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन् । उनीहरूलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस