नगरप्रमुख नभेटेपछि कर्मचारीलाई नै हिलो दलेर नगर परिक्रमा
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १५:०६:०० मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएकाे छ ।
डा. सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र मोसो दलेर नगर परिक्रमा गराइएको हो ।
कर्मचारी कुशवाहलाई अर्धनग्न बनाएर नगर परिक्रमा गराइएको थियो । त्यसक्रममा सहभागी नेता–कार्यकर्ताहरूले प्रदेश सरकार र स्थानीय सरकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
डा. राउतको सचिवालय अनुसार एक महिना पहिले नगरप्रमुख लालकिशोर साह र खानेपानी कार्यालयलाई ध्यानाकर्षण गराइएको थियो । आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘कारबाही’स्वरूप हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस