स्वास्थ्य
काेराेनाविरूद्धकाे दुबै खाेप लगाउने ६५ लाख नजिक, नमूना परीक्षण ९ हजार ९१६, ज्यान गुमाउने १२ जना
- गाउँ सहर संवाददाता
- २ कार्तिक मंगलबार, २०७८ | १७:०५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या १३ हजार ३०५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ जनाको परीक्षण गर्दा नयाँ १ हजार ९६ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ६ हजार ५१६ र एन्टिजेनबाट ९३ हजार ५६९ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने १ हजार ४ छन् । जुन ९७.१ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ ।
देशभर होम आइसोलेशनमा हुनेको संख्या ११ हजार ८१५, क्वारेन्टाइनमा रहनेकाे संख्या २२८ छ ।
दुबै खाेप लगाउने ६५ लाख नजिक रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस