स्वास्थ्य
काेराेनाविरूद्धकाे दुबै खाेप लगाउने ६५ लाख नजिक, नमूना परीक्षण ९ हजार ९१६, ज्यान गुमाउने १२ जना
- गाउँ सहर संवाददाता
- २ कार्तिक मंगलबार, २०७८ | १७:०५:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या १३ हजार ३०५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ जनाको परीक्षण गर्दा नयाँ १ हजार ९६ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ६ हजार ५१६ र एन्टिजेनबाट ९३ हजार ५६९ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने १ हजार ४ छन् । जुन ९७.१ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ ।
देशभर होम आइसोलेशनमा हुनेको संख्या ११ हजार ८१५, क्वारेन्टाइनमा रहनेकाे संख्या २२८ छ ।
दुबै खाेप लगाउने ६५ लाख नजिक रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस