खेल

एनपीएल : आज कर्णाली–पोखरा र चितवन–काठमाडौँ भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने साँझ ५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।

प्लेअफको दौडमा रहेका टोलीका लागि आजका दुवै खेल महत्त्वपूर्ण छन्। चार खेलबाट चार अंक जोडेको कर्णाली जितको खोजीमा रहँदा अहिलेसम्म जितविहीन पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

त्यस्तै, ६ अंकसहित दोस्रो स्थानमा रहेको काठमाडौं र पाँच अंकसहित चौथो स्थानमा रहेको चितवनबीचको प्रतिस्पर्धाले अंकतालिकाको समीकरण थप रोचक बनाउनेछ। आजको नतिजाले विशेषगरी प्लेअफको दौडमा रहेका टोलीको स्थान निर्धारणमा प्रभाव पार्नेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत