गाउँ सहर

अनुगमनमा सुस्तता, ठगी र महँगीको मारमा जनता

  • अनुशा थापा
  • २ कार्तिक मंगलबार, २०७८ | १९:४८:०० मा प्रकाशित

काठमाडाैँ । उपत्यका भनौं या काठमाडौंमा मात्र बाहिरी जिल्लाको सर्वसाधारण पचास लाख बढी बसोबास गर्छन् । देशभरका मानिसहरु उपत्यकामा बस्छन् । तर दशैं मान्नले अधिकांश आफ्नो घर गए । पोहोरको चापलाई आधार मान्ने हो भने दशैं मान्न घर जानेको संख्या दोब्बर छ ।

पोहोर सरकारले कोरोना एकदमै चेकजाँच गरेको थियो तैभएर पनि धेरै घर गएनन् । यो वर्ष त सरकारले कोरोना चेक गर्न छाड्यो त्यसैले कोभिडका बिरामीको संख्या घटेको हो । फरक यत्ति नै हो । गत साल यातायात व्यवसायीहरुले दशैंमा घर जाने यात्रु नै छैनन् भनेर गुनासो गर्थे ।

तर अहिलेको दशैंमा भाडा पनि गत वर्षभन्दा दोब्बर घर जाने जनता तेब्बर । गाडी नपाएर सर्वसाधारणलाई कत्रो हैरानी । यातायात व्यवसायीले सिटको संख्याभन्दा बढी यात्रु हालेर, झुन्डाएर, उभाएर गाडी चलाए । त्यतिमात्र नभएर निजी गाडीमा घर जानेको चाप पनि उत्तिकै थियो ।

दशैं लगभग सिद्धिन्न लागिसकेको छ । तर टीका लगाउने क्रम भने बुधबारसम्म जारी छ । दशैंको दिन आफ्नो मान्यजनबाट टीका लगाएपछि घर गएकाहरु धमाधम काठ्माडौं फर्किन थालेका छन् । आखिरी काठ्माडौंमा भएको आफन्तको हातबाट पनि टीका लगाउनैप-याे । गाडीको अभावको कारण तिहारपछि फर्किने पनि उल्लेखीय छन् ।

जसरी गाउ गएका थिए ढोका झुन्डिएर कति त त्यही अवस्थामा फर्केर आइरहेको छन् । गाउमा फलेका ताजा तरकारी, अन्नको साथ प्याक गाडीमा बालबच्चा बोकेर फर्किने पनि नभएका भने होइनन् । सबैको साथमा झोला छ गाडीमा भएको डिक्की भरिभराउ । दोधारमा जनताः गुन्टा बोक्नु कि बालबच्चा । बच्चा र गुन्टा बोकेर प्याक गाडीमा । खुट्टाले त भयो अब उभिन्न सकिन्न भन्न थाल्छ ।

गाडीमा यात्रुको चापले मास्क लाउन निकै सकस हुन्छ । मास्क नलगाउनेपनि यत्तिकै छन् । कोरोना सर्ने हो कि भन्ने अर्को चिन्ता । यातायात व्यवसायीले सिटभन्दा बढी यात्रु हाल्दैनौँ भन्दै बढाएको भाडा सर्वसाधारणको लागि बालुवामा पानी मिसाएझैँ भएको छ ।

टाढा घर भएकाहरु बिहानै गाडी चढेपनि काठमाडौं आइपुग्न लगभग एकदिन पुरा लाग्न सक्छ । गाडीले कि त राति काठ्माडौ पु-याउँछ कि सबेरै । गाडीबाट आफ्नो कोठामा पुग्नको लागि टयक्सी त चाहिँ नै हाल्यो । भखरै त उभिएर आएको अब हिँड्न सकिँदैन भन्ने खुट्ट पहिल्यै कराउन थालिसक्छ । थाकेको जीउले बालबच्चा बोकोस् कि गुन्टा ।

दिउँसो चल्ने लोकल गाडीहरु राति चल्दैन् । कि त हिँड्नप-याे । नत्र भए ट्याक्सीले मागेजति पैसा तिर्न सक्नुपर्याे । राति चल्ने ट्याक्सीले यात्रुलाई सजिलै ठग्छ । घण्टौँ मोलमोलाइ गर्दापनि ट्याक्सी चालक मिटरमा जान मान्दैन् । यता अर्को समस्या ।

अर्घाखाँचीबाट बसमा आएर कलंकीमा ओर्लेको यात्रुलाई पनि त्यस्तै समस्या प-याे । सानेपा जानुपर्ने रहेछ । राति दश बजे कलंकी चोकबाट सानेपा जानलाई ट्याक्सी चालकले आठ सय रुपियाँ माग्छन् ।

चार जनाको परिवार त्यहीमाथि ती पोकाहरु । कंलकीबाट सानेपा तिनदेखि चार किमि होला । मिटरमा कुनै ट्याक्सीले यात्रु बोक्न मान्दैन् । त्यति नै तिरेर उनी आफ्नो गन्तव्यस्थलतिर हुइँकिए ।

त्यस्तै, वीरगंजबाट टाटासुमोमा आएर बल्खुमा ओर्लिएका उनी ट्याक्सीको खोजीमा थिए । किन कि उनलाई आफ्नो कोठा अनामनगर घट्टेकुलासम्म पुग्नुथियो ।

पुरै शरीर थिल्थिलो भइसकेको थियो । उनीमा हिँड्ने आँट थिएन् । रातिको एघार बजे ट्याक्सीले बल्खुबाट अनामनगर जानको पन्ध्र सय माग्यो । बल्खुबाट अनामनगर बढीमा आठ किमि होला । तर के गर्नु बोलेर पनि ट्याक्सी चालक मान्नेवाला छैनन् ।

दोलखाबाट बसमा आएर जडीबुटी ओर्लिएको तिनलाई काँडाघारी पुग्न सात सय रुपियाँ माग्यो । रातको समयमा ट्याक्सीले यात्रुलाई मनलाग्दी भाडा लिएर ठगिरहेको छ । राति बाटामा ट्रफिक हुन्छन न कुनै कारबाही । फेरि रातको समयमा अरु गाडी पनि चल्दैन् ।

अनि ट्याक्सीले सर्वसाधारणको बाध्यताको फाइदा उठाउँदै जनता ठग्ने गरेको छन् । तर यातायात व्यवस्था विभाग भने जनता ठगिँदा पनि मस्तको निद्रमा परेको छ । ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपियाँ तिर्नुपर्छ ।

सरकारले तोकेको भाडा प्रत्येक किमि ३९ रुपियाँ छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म डेढी हान्छ । 
ट्रफिक महाशाखाले दिउँसो मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाही गर्न छोडिसकेको छ ।

अनुगमन नहुँदा यसरी ट्याक्सी व्यवसायीको मनोबल बढेको हो । यातायात व्यवस्था विभागले पनि अनुगमनमा खासै चासो दिएको देखिँदैन् । ट्याक्सी व्यवसायी जहिले यातायात व्यवस्था विभागको महानिर्देशकलाई भेट्ने आफ्नो वकतव्य राख्दै डिजी गलाउने काम गर्छन् ।

यता, ट्रफिक महाशाखाका प्रमुखलाई नभेट्ने अनि त्यहाँ पनि आफ्नो विचारापन देखाउने । सरकारले लकडाउन गरेर हामी डुब्यौ भन्छन् ट्याक्सी व्यवसायी । त्यही भएर पनि ट्रफिक महाशाखा र यातायात व्यवस्था विभागले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरेको छैनन् ।

ट्रफिक महाशाखा उजुरी गर्न भनेर १०३ नम्बर दिन्छ । १०३ मा फोन गर्दा कसैले फोन नै उठाउँदैन भने कहिलेकाँही त घण्टौँसम्म व्यस्त हुन्छ । गृह मन्त्रालयले  अहिलेको दशैंमा कालोबजारी, बढी भाडा लिएर यात्रु ठग्ने, सिट भन्दा बढी यात्रु हाल्ने सवारीलाई कारबाही गर्न निर्देशन दिएन ।

दशैंको बेलामा यातायात व्यवसायीले सरकारले तोकेको भन्दा दोब्बर भाडा लिए । सिट क्षमताभन्दा बढी यात्रु हालेर दुर्घटनामा पारेर मान्छे पनि मारे । अहिलेको गृहमन्त्री व्यापारीसंग पैसा उठाउने र सिडियो सरुवा गर्ने काम मात्र गर्छन् । उनलाई पैसातिर मात्र ध्यान छ ।

गृहमन्त्रीले कडा अनुगमन गरेको भए बजारमा सामानको अचाक्ली मूल्यवृद्धि पनि हुँदैन्थ्यो । यता, दशैं मान्न गएका सर्वसाधारणले दुर्घटनामा परेर आफ्नो ज्यान पनि गुमाउनुपर्दैनथ्यो । अहिले पनि गृहमन्त्रीले कालोबजारी गर्ने र सिण्डिकेट लगाउने यातायात व्यवसायीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छैनन् ।

अनुगमन गर्न कि निर्देशन चाहिन्छ ? जसले ठग्छ उसलाई तत्कालै कारबाही गरेर कानुनको दायरामा ल्याउनैपर्छ । हरेक व्यवसायीतर्फ सरकारको आँखा हुनुपर्छ । तर हाम्रो देशमा त सरकार नै आँखा चिम्लेर बसेको छ । सिडियोहरु पनि तलब खाने काम मात्र गर्दछन् ।

माथिबाट निर्देशन आएको छैन् भन्ने आफ्नो जिम्मेवारी नै वहन नगर्ने । अनि जनताचाहिँ जहिले पनि ठगिएको ठग्यै । अहिले बाटोघाटो, सार्वजनिक यातायात कतै पनि स्वास्थ्य मापदण्डको पालना भएको छैन् । त्यही पनि अनुगमन गर्छन् । घर गएका सर्वसाधारणहरुले आफूसंग कोरोना बोकेर उपत्यका छिरेर छन् ।

परीक्षण त्यहा पनि शुन्य । जहाँ गएपनि मर्ने भनेको जनता नै रहेछन् । यातायात व्यवसायीदेखि जनता पीडित भइसकेको छन् । पैसा तिरेर पनि यातायात व्यवसायीले जनतालाई सेवासुविधा दिँदैनन् । व्यापारीहरु देखि त जनता कायल नै भइसकेको छन् ।

झन् दशैंको मुखमा व्यापारीहरुले उपभोक्तालाई ठग्नुसम्म ठगे । व्यापारीहरुले वर्षभरिको आम्दानी एकचोटि उठाएको छन् । पाँच सय पर्ने सामान पन्ध्र सयमा बेचिहाले । लत्ताकपडा, हरियो तरकारी, खाधान्न छोइनसक्नु भएको छ । बिहान कमाएर बेलुका गुजारा गर्ने गरिब जनताहरुले त भातसंग नुन हालेर पनि खाए होलान् ।

ट्याक्सीले यात्रु लुटेको छन् व्यापारीले उपभोक्ता । त्यहीमाथि बागमती प्रदेशले सार्वजनिक यातायातको भाँडादर वृद्धि गर्याे । एक किलोमिटर यात्रा गर्नेबित्तिकै १८ रुपियाँ तिर्नपर्छ । भाडादर भागबण्डा समेत लगाइएको छैन् । जनता भने पिल्सिएको पिल्सै छन् । तर सरकार देखेपनि नदेखेझै गरेर बसेको छ ।

तपाईँको मत