सडक/यातायात

४ रुपैयाँ ५० पैसाकाे यात्रा २० रूपैयाँमा, ठगीधन्दा कहिलेसम्म चलिरहन्छ सरकार ?

  • अनुशा थापा
  • १२ कार्तिक शुक्रबार, २०७८ | १२:५७:०० मा प्रकाशित
झापा बिर्तामाेड, मुक्तिचाेक । तस्बिरः गाउँ सहर

भक्तपुर । सार्वजनिक यातायातले सरकारले तोकेभन्दा बढी भाडा लिने गरेको पाइएको छ । फुटकर पैसा नभएको बहाना बनाउदै यातायात व्यवसायीले यात्रु ठग्ने गरेको छन् । खुद्रा पैसा चलनचल्तीमा नरहेको भन्दै सहचालकहरुले बढी भाडा असुलिरहेका छन् ।

माइतीघरबाट ट्याम्पु चढेको श्यामलाल श्रेष्ठले पुल्चोक पुगेपछि बीस रुपैयाँ दिए । तर ट्याम्पु चालकले भने दुई रुपैयाँ फिर्ता दिएनन् । उनले दुई रुपैयाँ फिर्ता माग्दा ट्याम्पु चालकले आफुसंग नभएको बताए । श्रेष्ठले भने फिर्ता त राख्नुपर्छ नि । तर ट्याम्पु चालकले उल्टै श्रेष्ठलाई हप्काए ।

राधेराधेबाट बस चढेकी सिर्जना खतिवडाले गठ्ठाघर पुगेको बीस रुपैयाँ तिर्नुप-यो । दुई रुपैयाँ फिर्ता माग्दा सहचालकले चलनचल्तीमा नरहेको भन्दै फिर्ता दिएनन् । किन किचकिच गरिरहनु भनेर खतिवडाले दुई रुपैयाँ त्यत्तिकै छोड्दिन् ।

कतिपयलाई किन दुई रुपैयाँको किन किचकिच गरिरहनु जस्तो लाग्न सक्छ । तर समग्रमा भन्ने हो एक जनाबाट दुई रुपैयाँ उठाउँदा यातायात व्यवसायीलाई निकै नाफा हुने गरेको छ । यातायात व्यवसायीहरुलाई सरकारले तोकेको भाडाले नपुगेर यात्रु ठगेको सर्वसाधारण बताउँछन् ।

यातायात व्यवसायीहरुले हरेक चोटि सरकारलाई धोती लगाउँदै ऐनकानुन थन्काउँदै जनता ठग्ने गरेको छन् । यातायात व्यवसायीहरुले आफैँलाई सरकार ठानेको छन् । दिउसै रात पारेर जनता ठग्ने नै यातायात व्यवसायी हुन् । सरकारले दुरीको आधारमा भाडा बढाउने गरेको छ ।

अहिले बढाइएको भाडा भागबण्डासमेत गरिएको छैन् । एक किलोमिटरबाट पाँच किलोमिटरसम्म बागमती प्रदेश सरकारले तोकेको भाडा १८ रुपैयाँ हो । तर यातायात व्यवसायीहरुले एक किमि यात्रा गर्नेसंगै बीस रुपैयाँ लिने गरेको छन् । चानचुन नभएको जनाउँदै दुई रुपैयाँ फिर्ता पनि दिँदैनन् ।

२३ को ठाउँमा २५ रुपैयाँ र २७ को ठाउँमा ३० रुपैयाँ लिने गरेको छन् । तर पनि सरकार बेखबरझै बसेको छ । खुद्रा पैसा बोक्न यात्रुहरुलाई निकै असहज हुने गरेको छ । त्यसैले अहिले अधिकांशले फुटकर पैसा आफ्नो साथमा राख्दैनन् । यसरी आफूखुसी भाडा यात्रुसंग असुल्दा ट्राफिक महाशाखा के हेरेर बसेको छ ?

बढी भाडा लिनेलाई कारबाही गर्नुपर्ने ठाउँमा सरकार पक्ष यातायात व्यवसायीकै पक्षमा रहेर बोल्छन् । भाडा बढाउनलाई यातायात व्यवसायीले आन्दोलन गरेका थिए । सार्वजनिक यातायात सबैको आवश्यकताको साधन हो । जसको फाइदा यातायात व्यवसायीले उठाएका छन् ।

सर्वसाधारणलाई काममा जान ढिला भइरहेको बेला यातायात व्यवसायीहरुले गाडी लगेर बाटोमा तेस्र्याए । त्यस्ता यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा सरकारले भाडा बढाएर आन्दोलन गर्ने हौसला बढायो । हाम्रो महासंघले मन्त्रीदेखि ट्राफिक महाशाखाका हाकिमलाई किनेका छन् भनेर यातायात व्यवसायी खुला रुपमा बताउँछन् ।

उपत्यकामा एक दिनमा अठार लाख मान्छेहरु गााडी चढ्ने गर्दछन् । बिहान काममा जाँदा र बेलुका कामबाट फर्किँदा एउटा यात्रुबाट दैनिक चार रुपैयाँ ठगिन्छन् । एउटा मान्छे दिनमा पाँच चोटिसम्म गाडी चढ्न सक्छन् । बस, माइक्रोबस र ट्याम्पुहरुले उपत्यकाबाट मात्रै दैनिक असी लाख रुपैयाँ ठग्ने गरेको अनुमान छ  ।

तर यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखा आर्थिक लेनदेनमा मौन बसेको छ । सरकारको एकदमै कमजोर नितिनियमको कारण यात्रु ठगिने क्रम जारी नै छ । यातायात व्यवसायीले जति माग्यो यात्रुले त्यति नै तिर्नुपरेको छ ? आखिरी यातायात व्यवसायीको दादागिरी हट्छ कहिले ?

सेवासुविधाको प्रयोग नै नगरि पैसा तिर्नुपरेको छ । जनताको पैसाचाहि पैसा होइन् ?  एक रुपैयाँ कमाउनलाई पनि कति संघष गर्नुपर्छ । बागमती प्रदेश सरकारले भाडाचाहि बढायो तर अनुगमनमा निस्किएन् । भाडा बढाउँदैमा यात्रुले सेवासुविधा पाउने हुन् ।

बागमती प्रदेश सरकारले जनतालाई केही दिन त सकेन् तर यातायात व्यवसायीलाई धेरै उपहार दियो । सरकारले जसको नुन खाएको छ ऊसंगै धोका गरेको छ । दिउसै रात पारेर जनता ठग्ने, अनि अझै हामी जनतालाई सेवा दिइरहेको छाैँ भन्न यातायात व्यवसायीहरुलाई लाज लाग्दैन ?

जनताले सरकारले तोकेभन्दा दोब्बर भाडा तिरेका छन् । महँगीको मारमा फेरिपनि जनता नै परेको छन् । तरपनि सरकारले बढाएको भाडाप्रति हामी सन्तुष्ट छैनौँ भन्न यिनीलाई अलिकति पनि लाज लागेन् । गाडीको भाडा बढाउँदा कतिपय चीजबीजमा मुल्यवृद्धि हुन्छ ।

यत्रो भाडा बढाउँदा जनता सिधै मर्नुपर्नेको स्थिति आएको छ । बागमती प्रदेश सरकारले सोच्दैनसोची भाडा बढायो । तर जब अनुगमन गर्ने बेलामा खोइ प्रदेश सरकार ? ट्राफिक महाशाखा र विभाग कहाँ छ ?

यात्रुलाई यातायात व्यवसायीले लुट्नसम्म लुटेको छन् । तैपनि ट्राफिक प्रहरीहरुलाई अनुगमनमा खासै चासो छैन् । एउटा सार्वजनिक सवारीमा दैनिक दुई हजार यात्रु चढ्ने ओर्लने गरेको अनुमान छ । यत्रो यात्रु यातायात व्यवसायीबाट ठगेको छन् । भेडाबाख्रा जसरी यात्रु कोचिएका छन् । तापनि बोल्न सक्ने स्थितिमा कोही पनि छैनन् । बोल्यो कि पोल्यो भनेको जस्तो नेपालको यातायात क्षेत्र । जति नै चिच्याएपनि बढी भाडा लिन छोड्दैनन् ।

विधार्थी, ज्येष्ठ नागरिक, अपांगलाई भाडा छुट दिँदैनन् । त्यही पनि यिनीहरुलाई केलाई कारबाही गरिँदैन ? भाडा लिष्टमा ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागको फोन नम्बर केलाई लेखिँदैन ? कतिपय सार्वजनिक यातायातमा त भाडा लिष्ट नै छैन् ।

सार्वजनिक यातायातका सिट सबै लथालिंग भइसकेको छ । सिटमा बस्दा लुगा च्यातिने हो कि भन्ने डरले बस्नुपर्ने बाध्यता छ । बढी भाडा तिरेर पनि भरपर्दो सेवासुविधाको प्रत्याभूति यातायात व्यवसायीले यात्रुलाई गराउन सकेको छैनन् । चालक र सहचालकले मदिरा सेवन गरी गाडी चलाउने गरेका छन् ।

गाडी दुर्घटना गराएर जनता मार्ने काम पनि यातायात व्यवसायीद्वारा भइरहेको छ । नेपालका सार्वजनिक यातायातमा यात्रा गर्ने नपरेजस्तो हुन्छ । सिटका खोलहरु पनि उत्तिकै मैलो, सहचालक चालकको बोली पनि त्यत्तिकै रुखो । यस्ता सेवासुविधा नभएका सवारीलाई जनताले यत्रो भाडा तिर्नुपरेको छ ।

बढी भाडा लिएको गुनासोहरु अहिले निकै बढ्न थालेको छ । सरकार कानमा तेल हालेर बसेको छ । जनता सधैं ठगिनुपर्ने नै हो ? जनतासंग बढी लिएको भाडा पनि फिर्ता गराइएको छैन् । २०७८ असोज १८ गते यातायात व्यवसायीले आन्दोलन गरे । वैज्ञानिक भाडादरको माग राख्दै भएको आन्दोलनमा यातायात व्यवसायी सफल भए ।

बागमती प्रदेश सरकारले २०७८ असोज २५ गते २३ प्रतिशत भाडा बढाउने निर्णय ग-यो । सरकारले तोकेजति भाडा लिने भए पो । के गर्नु देश नै ठगहरुले चलाएका छन् । यातायात क्षेत्रमा कहिले पनि परिवर्तन नहुने नै भयो । यता, एक किमि यात्रा गर्नेले नै बीस रुपैयाँ तिर्नुपरेको छ । तर हुनुपर्ने ४ रुपैयाँ ५० पैसा हो ।

तपाईँको मत