भरतपोखरी विकास मञ्चद्वारा शुभकामना आदानप्रदान
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | २१:१४:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको भरतपोखरी विकास मञ्चले विजया दशमी, दीपावली, छठ र नेपाल सम्वत् ११४२ को अवसरमा बुधवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बरालले सामाज रुपान्तरण आजको आवश्यकता भएको भन्दै प्रदेशको विकासका आयोजना कोरोनाका कारण स्रोत अभाबले स्थगित भएको बताए । उनले यो सरकार संविधान अनुसार नै बनेको हुँदा अपबित्र गठबन्धन नभएको जिकिर गरे।
कार्यक्रममा वडाध्यक्ष शिव प्रसाद आचार्य नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य, एमाले ओली पक्षका युवा नेता रश्मि आचार्य, सरस्वती टीका मावि व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, मञ्चका सल्लाहकारद्वय हेम बहादुर थापा किरण र केशरप्रसाद निर्दोषी, भरत पोखरी बचत तथा सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, गुप्तेश्वर महादेब गुफा व्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद पौडेल, लायन्स क्लब अफ ईन्टरनेसनल ३२५ बि १ का गर्भनर बिशेश्वर आचार्य, नेपाली काङ्ग्रेसका युवा नेता बिजयराज आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमामा भरत पोखरीबाट विश्वविद्यालयका विभिन्न परीक्षाहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु नम्रता काफ्ले, प्रजिता कडेल, सुशील तिवारी, लायन्स क्लब अफ ईन्टरनेसनल ३२५ बि १ का गर्भनर बिशेश्वर आचार्य, ज्योतिष पिताम्बर पौडेल र साहित्यकार जीवनसागर भण्डारीलाई सम्मान गरिएको थियो ।
मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बिजया भण्डारीले र संचालन सचिव रामप्रसाद ढकालले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस