कला

लघुकथा : दसैँ

"आमा  : खसी कतिबेला काट्ने ?" छोरोको प्रश्न ।
"आमा ! आज बजार जाने भनेको होइन ?" छोरीको जिज्ञासा । 
"कान्छी ! बाबु किन यसबेलासम्म आएन ?" ओछ्यानबाटै बिरामी सासूले सोधिन् ।
"बाबु ! ड्याडी ड्युटीबाट आएपछि खसी काट्ने ।"
"नानी ! ड्याडी आएर खसी काटेपछि जाउँला ।"
"आमा ! आज ओभर ड्युटी छ रे । अलि ढिला हुन्छ रे ।"
"हरे ! म कसरी भनूँ उहाँलाई जुवाको खालबाट समातेर पुलिसले लगेको छ भनेर !" सान्नानीले तरक्क आँसु खसाली ।

बूढानीलकण्ठ १, काठमाडौँ ।

तपाईँको मत