फोटो

मुलपानीमा दसैँले पनि रोक्न नसकेको क्रिकेट क्रेज (तस्बिरसहित)

काठमाडाैं । आज माथिल्लो मुलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेपाल र युएईबीच खेल भयाे । दसैँकाे चाैथाे दिन हजाराैँ दशर्कका सामु युएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा  गर्‍याे ।

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।

थप तस्बिरहरू

तस्बिर- क्रिकेट काउिन्स(क्यान)

गाउँ सहर संवाददाता

तपाईँको मत