गाउँ सहर

घटस्थापनापछि चार लाख ६६ हजार नागरिकले दसैं मनाउन काठमाडौं उपत्यका छाडे

काठमाडौँ । दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।

आज (शुक्रबार) बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैं मनाउन काठमाडौं उपत्यका छाडेर गएका भट्टले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत