सडक/यातायात

सार्वजनिक यातायात नचल्दा जनतालाई सास्ती, पठाओ र ट्याक्सी मालामाल

काठमाडाैँ । दशैंको महाअष्टमीको दिन उपत्यकाभित्र चल्ने विभिन्न रोडमा चल्ने भाडाका गाडीहरु यातायात व्यवसायीहरुले नचलाउँदा जनताले निकै सास्ती पाएका छन् । यातायात व्यवसायीले गाडी पूजा गर्न गाडी थन्क्याउँदा उपत्यका बस्ने सर्वसाधारण हरुलाई निकै कष्ट भएको छ ।

बिरामीलाई खाना लिएर अस्पताल जान, विभिन्न किनमेल गर्न वा आफन्त भेट्न जाँदा गाडी भाडाको गाडी बस, माइक्रोबस र ट्याम्पु नपाएर यात्रुहरुले बाध्य भएर ट्याक्सी र पठाओको खोजी गरिरहेको देखियो । यात्रुहरु आज पैदल यात्रा गर्नसम्म बाध्य भए ।

केही दिन अगाडिदेखि उपत्यकामा गाडी नपाएर विभिन्न चोकमा मानिसहरु पैदल यात्रा गरिरहेको देखियो । केहीदिन यता निकै कम संख्यामा भाडाका गाडीहरु चलिरहेको थियो । गाडी नपाएर कति जना निजी गाडीहरुमा लिफ्ट मागिरहेको पनि देखियो ।

गाडी चढ्नको लागि स्टपमा मान्छेहरुको भीड त्यस्तै रहेको थियो । गाडी नपाएर पैदल यात्रा गरिरहेको पनि थुपै्र सर्वसाधारण भेटिन्थ्यो । सिभिल अस्पतालमा बिरामी भएर भर्ना गरेको भक्तपुर बस्ने सुभद्रा खत्रीलाई खाना लिएर उनको आफन्त सल्लाघारीबाट हिँडेर अस्पताल आएको बताए ।

सिभिल अस्पतालबाट सल्लाघारी जान पनि बस नपाएको उनको भनाइ थियो । सिभिल अस्पताल पार्किङ्ग गरेर बसेको ट्याक्सीले सल्लाघारी जानको लागि मिटरमा जाऊ भन्दा मानेन् । यता हजार रुपियाँ मागे । अर्को ट्याक्सीले आठ सय दिए लगिदिने बताए ।

बिहान पनि हिँडेर आएको फेरिपनि हिँडेर सल्लाघारी जान उनको आँट थिएन । खुट्टाले जमिन चिन्न नसक्ने स्थिति उनको थियो । बस आउँछ कि भनेर उनले यातायात व्यवस्था विभाग अगाडि उनी एकघण्टा उभिए तर गाडी पाएनन् । यो त एउटा उदाहरण मात्र हो ।

अहिले त दिनहुँजसो गाडी नपाएर पैदल यात्रा गरेको प्रशस्तै देखिन्छ । झन् आज त गाडी नपाएर बच्चा बोकेर पैदल यात्रा गर्ने प्रशस्त देखिए । भाडाको गाडी नपाएपछि ट्याक्सीले हजार मागपछि उनले पठाओ मगाए । पठाओले सल्लाघारी सम्मको एक सय असी रुपियाँ माग्यो ।

उनी एक सय असी रुपियाँ तिरेर सल्लाघारी जान तयार भए । पठाओले एक सय असी रुपियाँ लिएको त्यो महँगो हो कि सस्तो हो ? त्यो सरकारले निर्धारण गरेको भाडा होइन् । पठाओ कम्पनीले आफुखुसी निर्धारण गरेको भाडा हो यो । एउटा प्राइभेट कम्पनी हो पठाओ । पठाओ अन्तर्गत थुप्रै पुराना मोटरसाइकल र स्कुटर सञ्चालन भएको छन् । यस्ता सवारीले दुर्घटना गराउन सक्छन् ।

पठाओमा चल्ने सम्पुर्ण सवारी साधन निजी प्लेटमा दर्ता भएको छ । निजी प्लेटमा दर्ता भएको सवारी साधनले यात्रु बोकेर पैसा कमाउने पाउँदैन । २०४९ सालको यातायात ऐनमा लेखिए अनुसार निजी प्लेटमा दर्ता भएको गाडी भाडामा लगाउन पाउँदैन् । पठाओ सरकारभन्दा पनि शक्तिशाली हो ।

ट्याक्सी मिटरमा यात्रु बोक्दैन । ट्याक्सी व्यवसायीले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिएका छैनन् । यात्रुले भनेको ठाउँमा ज्यान गएपनि ट्याक्सी जान मान्दैन । अनि बसहरु मनलागेको बेला चलाउने मन नलागेको बेला थन्काउने । सरकारले आमीर, प्रहरी र सरकारी कर्मचारी बोक्ने सरकारी बसहरू पनि नचलाइदिने ।

यस्तो बेलामा सरकारले निजी विधालय, कलेजमा भएको रातो प्लेटको बस चलाउनपर्ने हो । तर काममा जाने सर्वसाधारणलाई तीन घण्टासम्मको बाटो हिँडेर कामको जानपर्ने स्थिति आएको छ । यसरी पैदल यात्रा गरेर बेलुका कामबाट घर फर्किने सर्वसाधारणहरु पनि देखा परे ।

सबै मान्छेसंग ट्याक्सी चढ्ने पैसा छैन् । टयाक्सीले मिटरमा यात्रु बोक्दैन् । छोटो दुरीमा ट्याक्सी जान मान्दैन् । टुटल मगाउँदा सुरुमै डेढ सय रुपियाँ तिर्नुपर्छ । त्योभन्दा पछि मिटरमा जति उठेको छ त्यति तिर्नैपर्छ । मेट्रोमार्फत ट्याक्सी मगाउँदा सुरुमै ९९ रुपियाँ तिर्नुपर्छ ।

सरकारले निर्धारण गरेको भाडा ट्याक्सी चढ्नेबित्तिकै १४ रुपियाँ हो । यात्रुल प्रत्येक किलोमिटर ३९ रुपियाँ हो । यो दिउसोको भाडादर हो । राति ९ बजेदेखि बिहान ६ बजेसम्म यी दुईवटै भाडादरमा डेढी जोडिन्छ । पठाओ र मेट्रे ट्याक्सीले सरकारको निर्णयलाई बहिष्कार गर्दै स्वखुसी भाडा लिएको छन् ।

तापनि सरकारले किन कारबाही गरेको छैन ? सरकारको कमकमजोरीले यस्तो भएको हो । ट्याक्सी व्यवसायीले पनि विभिन्न रणनिति अपनाउँदै जता ठग्ने काम गरिरहेको छन् । यसको मारमा भने जनता परिरहेको छन् । जनताले महँगो भाडा तिरेर यात्रा गर्नुपरेको छ ।

यातायात कार्यालयमा ट्याक्सी व्यवसायीले ट्याक्सी कालो प्लेटमा दर्ता गरेको हुन्छ । यता, ट्याक्सीमा मिटर पनि जडान गरिएको हुन्छ । ट्याक्सी व्यवसायीहरु आफूपनि सस्तोमा जनतालाई सेवासुविधा दिँदैनन् । नयाँ व्यवसायी भित्रिन पनि यिनीहरुले रोक लगाइरहेको छन् ।

अहिले सञ्चालन भएको ट्याक्सीले लिने भाडाभन्दा सस्तोमा जनतालाई सेवा दिन्छु भन्दा पनि पाएका छैनन् । ट्याक्सी व्यवसायीले सरकारलाई पनि ट्याक्सीको नयाँ दर्ता खोल्न दिएका छैनन् । ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको मिलोमतोमा जनता ठग्ने काम भइरहेको छ ।

नयाँ ट्याक्सीको दर्ताको विषयमा पटकपटक यातायात व्यवस्था विभागमा बुझ्दा विभाग यो हाम्रो काम होइन् । यो प्रदेशको जिम्मा हो भन्दै पन्छिन खाज्ने गरेको छ । यातायात मन्त्रालय यो विभागको जिम्मेवारी हो भन्दै आफू साइड लागिहाल्छ । कि यातायात व्यवस्था विभाग ट्याक्सी व्यवसायीसंग डराएको छ ।

यातायात व्यवसाीको गाडी तेस्याउने प्रथाको सामु विभाग डराएको छ । कि त विभागका डिजीले कमिशन नपाएर नयाँ ट्याक्सीको दर्ताको फाइल अड्काएर राखेको छन् । फाइल अड्काउँदा डिजीलाई त नाफाघाटा केही भएन । तर जनताले साहे दुःख पाए ।

डिजीले आफ्नो फाइदाको लागि नयाँ ट्याक्सीको फाइल अड्काएर राखेको छन् । डिजीले नयाँ ट्याक्सीको दर्ताको फाइल अड्काउँदा ट्याक्सी व्यवसायीलाई फाइदा छ । तर ट्याक्सीमा भएको लुट त बन्द भएन नि ।

विगत तीन दशकदेखि ट्याक्सीमा सिण्डिकेट छ । ट्याक्सी व्यवसायीहरु अहिले आएका यातायात मन्त्रीलाई भेट्न डेलिकेशनमा जान तयार हुँदैछन् । तर अहिलेको यातायातमन्त्रीले ट्याक्सी व्यवसायीको हितमा फुलमाला नलगाईकन जनताको हितमा निर्णय गर्नुपर्छ । नयाँ ट्याक्सीको दर्ता खोल्नपर्छ ।

तपाईँको मत