सडक/यातायात

मुगुको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ३२ पुग्याे

सिमकोट । मुगुमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ३२ पुगेको छ ।

घटनास्थलमै २४ जनाको ज्यान गुमेको थियो भने ४ जनाको उपचारका लागि लैजाँदै गर्दा ज्यान गुमेको थियो । त्यस्तै, ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको थियाे । चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् ।

गाउँ सहर संवाददाता