गाउँ सहर
बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या २८ पुग्याे
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | १७:२८:०० मा प्रकाशित
सिमकोट । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
२४ जनाको घटनास्थलमै र चार जनाको उद्धार गरी उपचारको लागि लैजाने क्रममा मृत्यु भएको डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।
अहिले पनि उद्धार कार्य जारी छ ।
प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले पनि घटनास्थलमा रहेको उनले जानकारी दिए ।
नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो ।
बस दुर्घटनामा घाइते भएका १५ जनालाई उद्दार गरी नेपालगञ्ज लगिएको छ ।
प्रहरीका अनुसार ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस