एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट पोखरा १४ रनले विजयी
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | २१:२९:०० मा प्रकाशित

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौ माथि पोखरा राइनोजले जित निकालेको छ ।
वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो ।
राइनोज जितको नजिकै पुगेको अवस्थामा भारी वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक सहित तालिकामा दोश्रो स्थानमै यथावत रहेको छ ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर काठमाण्डौलाई ब्याटिङ्गको निम्तो दिएको थियो । काठमाण्डौले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पार्यो । काठमाण्डौको ब्याटिङ्गमा अमित श्रेष्ठले ५६, रायन ब्रुलले ५० तथा कप्तान सन्दिप लामिछानेले ३१ रन जोड । पोखराको बलिङ्गमा विवेक कुमार यादवले ३ तथा नन्दन यादव र किशोर महतोले समान १–१ विकेट हात पारे ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए । विवेक यादवले ४१ तथा लोकेश बमले अविजित १८ बनाए । प्रारम्भिक ब्याट्सम्यान रिचार्ड लेभिले १८ रनको योगदान दिए । काठमाण्डौका बलरहरु गुल्सन झा र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए । पोखराले यसअघि विराटनगर र ललितपुरलाई पराजित गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस