एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट पोखरा १४ रनले विजयी
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | २१:२९:०० मा प्रकाशित
काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौ माथि पोखरा राइनोजले जित निकालेको छ ।
वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो ।
राइनोज जितको नजिकै पुगेको अवस्थामा भारी वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक सहित तालिकामा दोश्रो स्थानमै यथावत रहेको छ ।
टियु क्रिकेट मैदानमा पोखराले टस जितेर काठमाण्डौलाई ब्याटिङ्गको निम्तो दिएको थियो । काठमाण्डौले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पार्यो । काठमाण्डौको ब्याटिङ्गमा अमित श्रेष्ठले ५६, रायन ब्रुलले ५० तथा कप्तान सन्दिप लामिछानेले ३१ रन जोड । पोखराको बलिङ्गमा विवेक कुमार यादवले ३ तथा नन्दन यादव र किशोर महतोले समान १–१ विकेट हात पारे ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए । विवेक यादवले ४१ तथा लोकेश बमले अविजित १८ बनाए । प्रारम्भिक ब्याट्सम्यान रिचार्ड लेभिले १८ रनको योगदान दिए । काठमाण्डौका बलरहरु गुल्सन झा र जितेन्द्र मुखियाले दुई दुई विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए । पोखराले यसअघि विराटनगर र ललितपुरलाई पराजित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस