इपीएलमा पोखराको पहिलो जित
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | २१:१८:०० मा प्रकाशित
पाेखरा । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो ।
जितसंगै पोखरा लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट प्रदर्शन गरे । लेभिले अभिजित ३८ रन बनाएपछि पोखराले जितसंगै अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।
अन्तिम ओभरमा जितका लागि ११ रनको आवश्यक रहँदा लेभिले पवन सर्राफको पहिलो बलमै छक्का प्रहार गरे । अर्को बलमा चौका प्रहार गरेका लेभिले तेश्रो बलमापनि चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । वर्षातका कारण प्रभावित खेल मात्रै ७ ओभरमा झारिएको थियो । टस जितेर राइनोजले बलिङ्ग रोजेपछि व्याटिङ्गका लागि मैदान उत्रिएको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन मात्रै बनाउन सकेको थियो । ललितपुरको तर्फबाट सन्दुन विराकोटीले १९, नारायण जोशीले ११ तथा ओसादा फर्नाण्डोले अभिजित १० रन बनाए ।
पोखराका बलरहरु नन्दन यादवले ३, विक्रम शोवले २ तथा केसरिक विलियम्सले १ विकेट लिए । पोखराका लागि युवा खेलाडी रित गौतमले १२ रन बनाए । गौतम अजमत्उल्लाह ओमारजाइको बलमा बोल्ड हुन पुगेका थिए । जितसँगै पोखरा ३ अंक सहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल वर्षाका पुरा हुन नपाएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस