इपीएलमा पोखराको पहिलो जित
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | २१:१८:०० मा प्रकाशित

पाेखरा । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो ।
जितसंगै पोखरा लिगको शीर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट प्रदर्शन गरे । लेभिले अभिजित ३८ रन बनाएपछि पोखराले जितसंगै अंकतालिकामा महत्वपूर्ण २ अंक जोड्न सफल भयो ।
अन्तिम ओभरमा जितका लागि ११ रनको आवश्यक रहँदा लेभिले पवन सर्राफको पहिलो बलमै छक्का प्रहार गरे । अर्को बलमा चौका प्रहार गरेका लेभिले तेश्रो बलमापनि चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् । वर्षातका कारण प्रभावित खेल मात्रै ७ ओभरमा झारिएको थियो । टस जितेर राइनोजले बलिङ्ग रोजेपछि व्याटिङ्गका लागि मैदान उत्रिएको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन मात्रै बनाउन सकेको थियो । ललितपुरको तर्फबाट सन्दुन विराकोटीले १९, नारायण जोशीले ११ तथा ओसादा फर्नाण्डोले अभिजित १० रन बनाए ।
पोखराका बलरहरु नन्दन यादवले ३, विक्रम शोवले २ तथा केसरिक विलियम्सले १ विकेट लिए । पोखराका लागि युवा खेलाडी रित गौतमले १२ रन बनाए । गौतम अजमत्उल्लाह ओमारजाइको बलमा बोल्ड हुन पुगेका थिए । जितसँगै पोखरा ३ अंक सहित तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल वर्षाका पुरा हुन नपाएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस