राजनीतिक सँस्कार भएको जिम्मेवार नेतृत्व चयन गर्नु पर्ने - राप्रपा
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | १७:१५:०० मा प्रकाशित

पाँचथर । पार्टी भित्र नक्कली र सक्कली छुट्याएर महाधिवेशनबाट राजनीतिक सँस्कार भएको जिम्मेवार नेतृत्व चयन गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय कार्यकर्ताको निष्कर्ष छ ।
पाँचथरमा एकथरीको स्वेच्छाचारी प्रवृत्तिले पार्टी र कार्यकर्ताको भविष्य अन्योलमा परेको भन्दै तुम्बेवा गाउँपालिका परिषद भेलामा स्थानीय कार्यकर्ताले चिन्ता प्रकट गरे । पार्टी एकता र विधीमाथि प्रतिवद्ध जिम्मेवार नेतृत्वको राजनीतिक चरित्रमा जोड दिए ।
‘बाह्र बर्षमा खोला फर्किन्छ भने झैं राप्रपा जनताको ढुकढुकीमा बस्ने बेला आएको छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भेलालाई सम्बोधन गर्दै भने ।
‘सत्यलाई एक पटक, दुई पटक ढाक्न सकिएला तर, सदैव छेक्न सकिन्न । त्यसकारण राप्रपाको एजेण्डा जनतामाझ लोकप्रिय बन्ने क्रम जारी छ ।’
राप्रपाका केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले सम्बोधन गर्दै भने, ‘राप्रपाले प्रारम्भ देखि नै उठाउँदै आएको राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र प्रति जनसमर्थन बढ्दो छ । एकजुट भएको राप्रपाको भविष्य उज्वल छ ।’
अधिवेशनको नाममा अवैध प्रक्रिया अवलम्बन गरेर शपथ खुवाउने, प्रमाणपत्र बाँड्ने र कार्यकर्तालाई झुक्याउनेहरु अन्ततः कार्यकर्ताबाटै तिरस्कृत हुने उनको भनाइ थियो ।
सम्बोधन कै क्रममा स्वर्गीय नेता पद्मसुन्दर लावतीको देन भुल्न नसकिने चाम्लिङले बताए ।
जिल्ला सदस्य कमल कुमार राईले अध्यक्ष त्रयको निर्देशन विपरीत एकताको भावना अवमूल्यन गर्ने, निर्वाचन निर्देशिका मिच्ने क्रम पार्टीभित्र देखिएको भन्दै चिन्ता प्रकट गरे ।
एकलौटी बाटो तय गर्नेले पार्टीमा सबैलाई समेट्छु भन्नु हास्यास्पद रहेको राईको जिकिर थियो ।
विधी मिचेर कसैले गल्ती गरेको भए कि त माफ माग्नु पर्यो, नत्र कार्यकर्ताले नसिहत दिने स्पष्ट छ, केन्द्रीय बुद्धिजीवी परिषदका सदस्य डा. डिल्ली चापागाईले भने ।
कुम्मायक गाउँपालिका अध्यक्ष जगतजंगत लावतीले लामो दुख र कष्टबाट सिर्जित पार्टीलाई बिग्रहको बाटोमा जान दिन नहुने बताए । यसैकारण महाधिवेशनले असल र सक्षम नेतृत्व चुन्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा जनता समाजवादी पार्टी परित्याग गरी नयन्द्र लावतीले राप्रपामा प्रवेश गरेका थिए ।
तुम्बेवा गाउँपालिका परिषद भेलाले देवीधर्म खड्का सहित गाउँ कार्य समितिलाई विधान अनुरुप निर्वाचित गर्यो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस